मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित - Crazysaptahik.com

मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३–१ गोलअन्तरले पराजित भएको हो खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो । दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको अन्तिम समयमा सुलिमानुभ ऐदरले गरे।

कीर्गिस्तानको पुरानो मध्येको क्लब डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो। नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले आजको खेल उपलब्धिमूलक भएको भन्दै नतिजा सुधार्न यसले सहयोग पुर्याउने बताए।

‘यसअघि खेल खेल्दा हामी सँधै डिफेन्सिभ मात्र खेल्थ्यौं। यसपटक पुरा समय अट्याकिङमा प्रयास गर्यौं। इरान, ब्राजिललगायतका देशका खेलाडी भएकाले टिम राम्रो रहेछ,’ प्रशिक्षकले बस्नेतले भने, ‘पहिलो पटक अट्याकिङ खेल्दा केही कमजोरी त भइहाल्छ।

यस खेललाई विश्लेषण गरेर अब आउने म्याचमा कसरी सुधार्ने भन्ने यो म्याचले सहयोग गर्छ जस्तो लाग्छ ।’ नेपालले एएफसी फुटसल एसियन कप क्वालिफायर्समा अप्रिल १० मा उज्बेकिस्तान, अप्रिल ११ मा ताजकिस्तान र अप्रिल १२ मा अफगानिस्तानसँग खेल्नेछ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.