पलेशा र सिर्जनाले पारा एसियन गेम्स खेल्ने - Crazysaptahik.com

पलेशा र सिर्जनाले पारा एसियन गेम्स खेल्ने

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ के.जीमुनी )का खेलाडीहरूले खेल्ने निश्चित गरेको छ ।

विश्व तेक्वान्दो महासंघको बिहीबारको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं रङ्किङ्ग र सिर्जना घिसिङले विश्वको १० औं रङ्किङ्ग वरियतामा रहेकोले वाइल्ड मर्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाइट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् ।

प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठुलो आशा रहेको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.