‘श्रीजासु’ फिल्मको ट्रेलर सार्वजनिक - Crazysaptahik.com

‘श्रीजासु’ फिल्मको ट्रेलर सार्वजनिक

क्रेजी संवाददाता
मोरङ । नेपाली कथानक चलचित्र ‘श्रीजासु’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार भुल्के मिडिया युट्युव च्यानल मार्फत् ट्रेलरलाई सार्वजनिक गरिएको हो ।

फिल्ममा अनिश घिमिरे, जीवन बिक, आकांक्षा क्षेत्री, सन्तोष किराती, टिकाराम राई, सविता घिमिरे, दुर्गा धिताल, तेज न्यौपाने, आसिस दाहाल, बविन चम्लागाईँ, देवराज श्रेष्ठ, पृथ्वी तामाङ, सुमन लाखे, एलिस धिताल, सुमन थापा लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा एलिस धिताल र आसीस दाहालले सहायक छायांकन, अनिस घिमिरे कथा तथा सम्पादन, सबिना चौधरी र ममता विक श्रृंगार र जीवन बिकले छायांकन र निर्देशन गरेको छ ।

यो चलचित्र एक्सन र लभ स्टोरीको फुल क्याकेज भएको निर्देशक जीवन विकले जानकारी दिए । चलचित्रलाई दुर्गा धिताल र तेज न्यौपानेले निर्माण गरेका हुन । पूरा चलचित्र चाडै युट्युब च्यानल भुल्के भिडिया मार्फत् सार्वजनिक गरिने निर्माण यूनिटले जानकारी गराएको छ ।

भिडियो हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=M7z4odEL1y8

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.