सेभिया दोस्रो स्थानमा उक्लियो - Crazysaptahik.com

सेभिया दोस्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सेभियाले ग्रनाडामाथि ४–२ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन डियागो कार्लाेस, लुकास ओकाम्पोस, राफा मिर र पपु गोमेजले एक–एक गोल गरे ।

उता ग्रानाडाका लागि ड्रविन माचिस र भिक्टोर डियाज मिगुएलले एक–एक गोल गरे । जितसँगै सेभिया अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा ३१ खेल खेलेको सेभिया ६० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । पराजित ग्रानाडा २९ अङ्क जोडेर तालिकाको १६औँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.