मलेसिया–११ माथि रुपन्देहीको जित, बसिरको अलराउण्ड प्रदर्शन - Crazysaptahik.com

मलेसिया–११ माथि रुपन्देहीको जित, बसिरको अलराउण्ड प्रदर्शन

अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा सुरु भएको प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगितामा रुपन्देही क्रिकेट संघ (सीएआर–११) ले विजयी सुरुवात गरेको छ । (सीएआर–११) ले मलेसिया–११ लाई ६ विकेटले पराजित गरेको छ ।

रुपन्देहीको जितमा बसिर अहमदले अलराउण्ड प्रदर्शन गरे । मलेसियाका लागि विरनदिप सिंहले अलराउण्ड प्रदर्शन गरे पनि जिताउन सकेनन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा मलेसियाले दिएको १३२ रनको लक्ष्य दरुपन्देही–११ ले चार बल अगावै ४ विकेट गुमाएर पूरा गर्दै सुदख सुरुवात गरेको हो ।

रुपन्देहीको जितमा ओपनर प्रज्वल थापाले सर्वाधिक ३८ र र देव खनालले २२ रन बनाए । यस्तै बसिर अहमदले अविजित २७, रन योगदान गरे भने सन्दीप रजालीले २४ रनमा अविजित रहे ।

मलेसिया–११ का विरनदिप २ तथा मुहमद अमिर र सइद अजिजले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया–११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनायो ।

मलेसिया–११ का लागि ओपनर विरनदिप सिंहले ६३ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६६ रन बनाएका थिए । यस्तै सर्भिन मुनिएन्डीले २८ र सइद अजिजले २५ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसिया–११ कम स्कवरमा रोक्न रुपन्देही–११ का कप्तान कृष्ण कार्कीले सर्वाधिक ३ तथा बसिर अहमदले २ विकेट लिए । यस्तै अनिल खरेल, दुर्गेस गुप्ता र बिक्रम भुसालले १–१ विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.