
क्रेजी संवाददाता
इलाम । इलामको चुलाचुली गाउपालिका–३ समृद्धि टोलस्थित जंगली हात्तीको आक्रमणबाट ३९ वर्षको रामबहादुर थुलुङको निधन भएको छ ।
बिहान सढे पाँच बजे घरदेखि दुई सय मिटर पूर्व आफ्नै खेतबारीमा घाँस काट्न जाँदा घटना भएको हो । बिहान पख एक्कासि जंगली हात्तीसंग जम्का भेटभई आत्तिएर भाग्न नसक्दा सुडले लच्छारपच्छार गरि मारेको प्रत्यक्षदर्शि अम्बिका देवानले जानकारी दिए । थप्दै लच्छारपच्छार गरी आदिकल्चो बनाई हात्ती खोल्सी हुदै आफ्नो बाटो लागेपछि घाइतेलाई अस्पताल पुर्यएको केही समयमा निधन भएको हो ।
मृतकको बाहिरी कुनै चोटपटक नदेखिएपनि शरीर भित्र घोलिएको र टाउको बेलुन जस्तै भएको स्थानीय हंस लिम्बूले जानकारी दिए । हुलमा आएको हात्तीले अहिले सम्म केही बिगार गरेको छैन एउटा हात्ती छ जुन बिहान पख बालीखान आउँछ र आतंक मचाएर जान्छ, करिब २० वर्षदेखि यस टोलमा हात्तीको आतंक भैरहदा सम्बन्धित निकायले त्यति चासो नदेखिएको गुनासो स्थानीय सुवास लिम्बू बताउँछन् । अन्य हात्तीहैन एउटै हात्ती मात्रै पटक–पटक यस ठाउँमा आएर दुःख दिने र आजसम्म यसै टोलको चार जना मान्छे मारीसकेको स्थानीयले जानकारी दिए ।
भिडियो :-

