गुजरातको पहिलो हार - Crazysaptahik.com

गुजरातको पहिलो हार

सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० प्रतियोगितामा सोमबार गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । यता, हैदराबादको भने यो दोस्रो जित हो ।

सोमबार राति मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।

गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.