
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले सोमबार वडा नम्बर २ को एउटा योजनाको अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य मैनाकुमारी राई लिम्बू, इन्जिनियर सन्तोष केसी, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना सहितको टोलीले छयालिसविघेबाट पूर्व जाने बाटोको स्तरोन्नती सम्बन्धी योजनाको अनुगमन् गरेको हो ।
प्रदेश संसद विकास कोषको ६ लाख रुपैयाँमा साढे ५ मिटर चौडाई र ५ सय २७ मिटर लम्बाईको सडकमा माटो फिलिङ र १५ सेन्टिमिटर मोटाईको ग्राभेलको काम सम्पन्न गरिएको पाइएको छ ।

