वाह रेखा, तार्किक रेखा - Crazysaptahik.com

वाह रेखा, तार्किक रेखा

तेजन खड्का

नायिका रेखा थापा सिने जगतमा चर्चित नायिका हुन, यो सबैलाई थाहा भएकै कुरा हो ।
उनी फिल्मी क्षेत्रमा राज गर्न सफल अभिनेत्री हुन्। राजनितीमा पनि उनले राम्रै सम्भावना बोकेकी छिन् ।
फिल्मी पोष्टरमा हिजोका दिनमा हिरोको तस्बिर हेरेर हल जान्थे दर्शक।
हिरोनीहरुले खासै स्पेश पाउँदैन थिए, तस्बिरमा । पाएता पनि हिरोसँग जोडेर ।
तर रेखा मात्र एक यस्तो नायिका हुन,– जस्को तस्बिर पोस्टरमा प्राथमिकताका साथ राखियो ।

दर्शक हल आए, त्यहि तस्बिर हेरेर । नेपाली सिने जगतमा नायिकालाई प्राथमिकताका साथ तस्बिर राखेर पोष्टर बनाईएको सम्मवत सायद रेखाको नै हो । तर प्रश्न आउँला आफूले बनाएको फिल्ममा आफनो तस्बिर प्राथमिकताका साथ राख्नु कुन ठूलो कुरो भयो र ?
रेखा उत्तर दिन्थिन ‘नारी कमजोर छैनन अब, के पैसा धैरे भएर फिल्ममा लगानी गर्या हो र ?’
उनै रेखा आजभोली नेपाली राजनितीक जगतमा पनि चर्चामा छिन् ।

फिल्मी क्षेत्रमा राज गरेकी नायिकाको पार्टी प्रवेशलाई महत्वपूर्ण नै हेरिन्छ । तर उनी आफ्नो पार्टीको बचाउमा यसरी लागेकी छिन,प्रवक्ता भन्दा कम छैन । उनको त्यो दाहित्व पनि हो ।

रेखा फिल्मबाहिर पनि चर्चामा हुनुको कारण हो, उनको तार्किक विष्लेषण।चर्चित पत्रकार ऋषि धमालाले एक अन्तरवार्तामा उनलाई सोधेको एउटा क्लिप सामाजिक सन्जालमा यत्रतत्र भाईरल भएको छ ।
पार्टी फेरवदलको कुरालाई लिएर ऋषि धमाला सोध्छन, त्यसो भए तपाई भविष्यमा एमालेमा जानुहुन्छ ?

रेखा सहजै उत्तर दिन्छिन, ह्या हावा कुरा नगर्नु न, तपाई हावा कुरा कुरा गर्नुहुन्छ, एमालेमा म किन जाने ? बरु एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू चाँहि हाम्रो पार्टी आए हुन्छ। हाम्रो पार्टीको एकदुई वटा एजेण्डामा उहाँ सहमत हुनुहुन्छ । हिन्दु राष्ट्रको एजेण्डा केपी ओली ज्यूले उठाईरहनु भएको छ। हाम्रो एजेण्डा बोकेको एमालेमा म किन जाने ? बरु उहाँहरु चाँहि आए भयो नि ।

रेखाको जवाफले धमाला ट्वा पर्छन् ।
सो भिडियोबारे अहिले चर्चा र टिकाटिप्पणी भईरहेका छन्। भिडियो हेर्नेले अहिले जे भने पनि तर्कमा चाँहि मान्नैपर्छ, वाह रेखा, तार्किक रेखा ।
पार्टीमा कलाकारहरुलाई प्रायः दर्शक भेला पार्ने माध्यम बनाईने गरेको टिकाटिप्पणी चल्ने नगरेको होईन्। आमसभामा त्यसैपनि चर्चित नायिकालाई हेर्न दर्शकहरु ओइरिने भइगए,यद्यपि,पार्टीको कार्यक्रममा मञ्चमा बोल्न रेखाले प्राथमिकताको साथ पाउनुलाई उनको क्षमता तर्कलाई नै लिने गरेको पार्टीका शिर्ष नेताहरु नै स्वयम स्वीकार छन् । नायिका रेखा थापा पार्टीकी केन्द्रीय सदस्य हुन् ।

उनि फिल्ममा जति सफल भईन, त्यो देखिएको कुरा हो । तर राजनितीमा उनी, राज गर्छिन गर्दिनन, त्यो पछिको दिनले बताउला । रेखाको भाषणमा हुने तर्क आम मानिसको पीडा भोगाई बाहिर ल्याउन सक्ने खुवी र उनले बताउने समाधानको पाटो चाँहि मान्नै पर्छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.