
स्पेनिस क्लब भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।
भिल्लारियलले पहिलो लेगमा बायर्नलाई १–० गोल अन्तरले हराएको थियो । भिल्लारियलले समग्रमा २–१ गोलको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नले लिएको १–० गोलको सुरुवाती अग्रतालाई भिल्लारियलले उल्टाएको हो ।
खेलको ५२औं मिनेटमा बायर्नका लागि रोबर्टाे लेवान्डोस्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा समुयल चुकेउजेले गोल गर्दै टिमलाई बराबरीमा रोके ।
त्यसपछि भिल्लारियलले समग्रमा २–१ गोलको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनायो । भिल्लारियल च्याम्पियन्स लिग फुटबलको इतिहासमा दोस्रो पटक सेमिफाइनलमा पुगेको हो ।


