रियललाई हराएपनि बाहिरियो चेल्सी - Crazysaptahik.com

रियललाई हराएपनि बाहिरियो चेल्सी

साबिक विजेता चेल्सी च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाट बाहिरिएको छ । पाँच गोलको थ्रिलरमा रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–२ गोल अन्तरले पराजित गरे पनि चेल्सी समग्रमा ४–५ गोलअन्तरले पराजित भएको हो ।

पहिलो लेगमा १–३ गोलले पछि परेको चेल्सीले मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मेसन माउन्टले खेलको १५ औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा एन्टोनियो रुडिगरले गोल गर्दै समग्रमा खेल बराबरी गरे ।

७५ औँ मिनेटमा टिमो वेर्नरले तेस्रो गोल थप्दै चेल्सीको पुनरागमन पूरा गरे । तर, ८० औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि खेल पुनः ४–४ को बराबरीमा पुग्यो । त्यसपछि अतिरिक्त समयको ९६ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई जीत दिलाए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.