सञ्जीवसँग विवाह गर्दै गायिका मेलिना - Crazysaptahik.com

सञ्जीवसँग विवाह गर्दै गायिका मेलिना

काठमाडौं । गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् ।

मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् ।

आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । ‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’ सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.