एन्फा निर्वाचन : ‘बी’ डिभिजनका ११ क्लबलाई मताधिकार - Crazysaptahik.com

एन्फा निर्वाचन : ‘बी’ डिभिजनका ११ क्लबलाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन् । शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् । ‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाए ।

जसमा श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईज रहेका छन् । यता सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् । यसअघि ‘सी’ डिभिजन लिगका ९ क्लबले मताधिकार पाएका थिए । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.