नेपालको एकदिवसीय वरियता यथावत - Crazysaptahik.com

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो ।

नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ । नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै मात्र दुई खेलमा जित निकालेको थियो । नयाँ वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड छ । यस्तै, दोस्रोमा इङ्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका छ ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.