
क्रेजी संवाददाता
मोरङ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।
विराटनगरमा आइतबार भएको साधारणसभा मार्फत् बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका छन् । यस्तैगरी सदस्यहरूमा वसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहेका छन् । महिला सदस्यमा कौशिला लिम्बु रहेकी छन् ।

