सञ्चारकर्मी आवाजविहिनको बुलन्द आवाज बन्नुपर्छ– उपप्रमुख बिष्ट - Crazysaptahik.com

सञ्चारकर्मी आवाजविहिनको बुलन्द आवाज बन्नुपर्छ– उपप्रमुख बिष्ट

क्रेजी संवाददाता
पथरी । सञ्चारकर्मीहरूले समाजमा रहेका निमुखा, पेलिएका, अन्यायमा परेका र आवाजविहिनहरूको बुलन्द आवाज बन्नुपर्ने पथरीशनिश्चरेकी नगरप्रमुख एवं न्यायिक समिति संयोजक यमुना बिष्ट बास्तोलाले बताइन् ।

बिष्टले विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालीमको समापनको कार्यक्रममा बोल्ने क्रममा सो कुरा बताएकी हुन् । उनले भनिन् –‘पत्रकार समाजका आँखा हुन, पत्रकारहरूले सत्यको खोजी गरि सूचित गराउनुपर्छ । ठूलालाई ढाकछोप गर्ने तर सानालाई बदनाम गराउने खालका पत्रकारहरु बढ्दै गएको देखिन्छ । पत्रकारले चाहेंमा देशमा आमूल परिवर्तन गराउन सक्छ । पत्रकारहरू बिक्नु भएन ।’

वैशाख १ गतेदेखि ४ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाको सहयोग र कानेपोखरी मिडिया प्रालिको आयोजनामा सञ्चालन भएको तालीममा ३० प्रशिक्षार्थीहरुले सहभागीता जनाएका थिए । वरिष्ठ पत्रकार महेन्द्र विष्ट, पथरीशनिश्चरे नगरका सूचना संयोजक भुपेन्द्रराज तिम्सिना र पत्रकारिता विषयका सहायक प्राध्यापक केशव निरौलाले तालिमको सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै कानेपोखरी मिडिया प्रालिका अध्यक्ष दिनेश सुब्बाले लामो समयदेखी पत्रकारिता सम्बन्धि तालिमहरू सञ्चालन गर्दै आएपनि आवस्यकता अनुसार पत्रकार उत्पादन नभएको बताए । उनले भने, ‘यस तालिमबाट उत्पादितहरुले अब आउँने पत्रकारिताको युगलाई डोहो¥याउनुपर्छ ।’

आइतबार सम्पन्न ४ दिने विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालीमको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिलाई सम्मान समेत गरिएको छ ।

कानेपोखरी मिडिया प्रालिद्वारा न्यायिक समिति संयोजक एवं उपप्रमुख यमुना विष्ट बास्तोला, न्यायिक समिति सदस्यद्वय भद्रमान विश्वोकर्मा र पर्शुराम न्यौपानेलाई सम्मान गरिएको थियो । पथरीशनिश्चरे नगरमा न्यायिक समिति मार्फत जिल्ला हुँदै प्रदेश १ मै उत्कृष्ट न्याय सम्पादन गरेको प्रंशसा गर्दै सम्मान गरिएको थियो ।

सम्बन्धित खवर