
क्रेजी संवाददाता
पथरी । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले पथरीशनिश्चरेले ५ वडाको वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुङ्गो लगाएको छ ।
पथरीशनिश्चरे–३ मा घनश्याम कोइराला, वडा नं. ४ मा प्रेम न्यौपाने, ५ मा उमानाथ अधिकारी, ६ मा निर्मल कटुवाल र वडा नं. ९ मा भानुभक्त राई सर्वसम्मत चयन भएको नगर कमिटी अध्यक्ष रमेश दाहालले जानकारी दिए । कोइराला पुराना संगठित सदस्य , न्यौपाने वडा नं. ४ को पार्टीको वडाध्यक्ष, अधिकारी नगर कमिटी उपाध्यक्ष, कटुवाल नगर कमिटी सदस्य र राई वडा नं. ९ को वडाध्यक्ष हुन् ।
यसैगरी नेकपा एमाले पथरीशनिश्चरेले अन्य वडाहरु १, २, ७, ८ र १० मा जति जतिसक्दो सर्वसम्मत रुपमा उम्मेद्वार टुङ्गो लगाउने जानकारी दिएको छ ।

