
भुमिप्रसाद पाठक
शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ९ राष्ट्रिय युवा संघ नेपालले ९ नं. वडा कमिटी गठन गरेको छ ।
आइतबार पथरीशनिश्चरे ९ इन्द्रेणी चौकमा भएको कार्यक्रममा अध्यक्ष भिम वनेमको अध्यक्षतामा ८३ सदस्यीय कमिटी गठन भएको छ ।
यस्तैगरी क्रमशः उपाध्यक्षमा जितबहादुर मगर, लक्ष्मी लिम्बु, गुन्जन याम्फु राई, संजोग राई, सचिवमा गोविन्द मगर, उप–सचिवमा अजय तामाङ, सेरेहाङ लिम्बु, समिर राई, आयुष सुवेदी रहेका छन् । सदस्यहरुमा सनम तामाङ, राजबहादुर मगर, अजित विक, सन्तोष महत, अभिषेक लिम्बु, खुर्साङ तामाङ, कुशल लिम्बु, विशाल लिम्बु, गोपाल मगर, मनकुमार तामाङ, सन्देश कन्दङ्वा लगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सदस्य जीवन खतिवडा, विशिष्ट अतिथि राष्ट्रिय युवा संघ प्रदेश कमिटी सदस्य मनि कुमार लिम्बु, अतिथिहरुमा संघका नगर कमिटी उपाध्यक्ष उपेन्द्र मादेन, वडा कमिटी उपाध्यक्ष चन्द्रकला कार्की र वडा उप–सचिव कुमारी माझी लगायतको उपस्थिति रहेको थियो ।

नव निर्वाचित कमिटीलाई माइनट हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष ईस्वर दुलालले नयाँ कमिटीलाई बधाई भने–‘भ्रमको राजनीतिक नगर्न अन्य दलका साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ कार्यक्रमको सञ्चालन पर्यवेक्षक मात्रिका पौडेलले गरेका थिए ।

