
फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो । फ्रेइबर्गलाई जित दिलाउन निल्स पिटर्सन, निकोलस होफ्लर र भिकान्जो ग्रिफोले एक–एक गोल गरे ।
उता ह्यामबर्ग एसभीका लागि रोबर्ट ग्लाटजेलले एक गोल फर्काए । फ्रेइबर्गका लागि खेलको ११औँ मिनेटमा निल्स पिटर्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा निकोलस होफ्लरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
भिकान्जो ग्रिफोले ३५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ३–० को बनाए । खेलको ८८औँ मिनेटमा रोबर्ट ग्लाटजेलले ह्यायामबर्गरका एक गोल फर्काए । फ्रेइबर्गले अब उपाधिका लागि आरबी लाइपजिग र युनियन बर्लिनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


