बार्सिलोनाको जितमा अबुमियाङको निर्णायक गोल - Crazysaptahik.com

बार्सिलोनाको जितमा अबुमियाङको निर्णायक गोल

पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा अबुमियाङले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा उनले गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो । जित सहित बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोना ६३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १५ अंकले पछि छ । रियल सोसिडाड ५५ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.