पथरीशनिश्चरेमा वडाध्यक्ष सहित जनप्रतिनिधिहरु दिए राजीनामा - Crazysaptahik.com

पथरीशनिश्चरेमा वडाध्यक्ष सहित जनप्रतिनिधिहरु दिए राजीनामा

क्रेजी संवाददाता
पथरी । आउन लागेको निर्वाचनका लागि वडाध्यक्ष सहितका जनप्रतिनिधिहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

शुक्रबार मोरङ पथरीशनिश्चरे ८ का वडाध्यक्ष बाबुराम दाहालले पत्रकार भेटघाट गरी राजीनामा दिएको जानकारी दिए । दाहालले ५ वर्षको अवधिमा जनमुखी काम गरेको बताउदै अब आउने जनप्रतिनिधिलाई पनि सोही अनुसार अगाडी बढ्न सुझाव दिए ।

दाहालले आफू पनि वडाध्यक्षको टिकट पर्खाइमा रहेकाले टिकट पाएमा सबैले सहयोग गर्न अनुरोध गरेका छन् । वडामा ५ वर्षको अवधिमा वडावासी, कर्मचारी, जनप्रतिनिधिहरुले पूर्णरुपमा सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए ।

दाहालले शुक्रबार नै मेयर दिलिप कुमार राईलाई लिखित रुपमा राजिनामा पत्र र आफुले प्रयोग गर्दै आएको को १ ब १६५४ नम्बरको मोटरसाइकल समेत बुझाएका छन् । दाहालसंगै वडा सदस्य खेमराज गौतमले पनि पदबाट राजिनामा दिएका छन् ।

यस्तै, पथरी शनिश्चरे ५ का वडाध्यक्ष जोग बहादुर धिमालले पनि पदबाट राजिनामा दिएका छन् । धिमालले पनि आफुले प्रयोग गर्दै आएको को १ ब १६५३ नम्बरको मोटरसाइलको चाबी बुझाएका छन् । धिमालसंगै वडा सदस्य रेवत बहादुर बस्नेतले पनि पदबाट राजिनामा दिएका छन् । यसअघि बिहिबार नै ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले पनि राजिनामा दिएका थिए ।

नगरमा जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेको मेयर दिलिप कुमार राईले जानकारी दिनुभयो । राईका अनुसार यो समाचार तयार गर्दासम्म ८ जना जनप्रतिनिधिले राजिनामा बुझाएका छन् ।

निर्वाचन कार्यालयले वैशाख ११ र १२ गते मनोनयनको मिति तोकेको छ । सोही निर्वाचनका लागि जनप्रतिनिधिहरू राजीनामा बुझाउन थालेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.