नेकपा ‘एस’ मोरङ एक्लै निर्वाचनमा होमिने - Crazysaptahik.com

नेकपा ‘एस’ मोरङ एक्लै निर्वाचनमा होमिने

क्रेजी संवाददाता
विराटनगर । सत्तारुढ गठबन्धनवीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङ एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ ।

सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ ।

विराटनगरमा शुक्रबार सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो । समाजवादीको बैठकले पोलिटब्यूरो सदस्य महेश रेग्मीको नेतृत्वमा ७५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी र केन्द्रीय सदस्य भीम बस्नेतको नेतृत्वमा ५५१ सदस्यीय महानगर निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकमा केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, मोरङ इन्चार्ज हर्कमान तामाङ लगायतका नेताहरु सहभागी थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.