
अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि जिल्ला फुटबल संघको निर्वाचन चलिरहेको छ । यहीबीच शनिबार भएको इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
इलाममा सम्पन्न सभाले संघको उपाध्यक्षमा पूर्णबहादुर लिम्बु (फत्र माईला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको हो । त्यस्तै चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की पुनः निर्वाचित भएका छन् ।
कार्की निर्विरोध निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा अनिल शाक्य,विजय घले र विनोद लामा निर्वाचित भए । यस्तै जिल्ला फुटबल संघ दाङको अध्यक्षमा सन्जात धिताल निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ ।


