
क्रेजी संवाददाता
पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले पथरीशनिश्चरे नगरप्रमुख मेयर पदको लागि सम्मर बहादुर राईलाई उम्मेद्वार बनाएको छ ।
वैसाख ३० गते हुने स्थानीय निर्वाचनको लागि राप्रपाले सम्मरबहादुर राई सहितको टिम नै तयार गरी सहभागी तयारीका साथ लागेको हो ।
शुक्रवार पथरीशनिश्चरे १ मा पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा बृहत कार्यक्रमको आयोजना गरेको थियो ।
निर्वाचन प्रचार प्रसार तथा पार्टी प्रवेश कार्यक्रममा बिभिन्न राजनीतिक पार्टी परित्याग गरी राप्रपामा प्रबेश गरेका थिए ।
सबै वडाहरुमा जनप्रतिनिधिको लागि उम्मेद्वार तयारी भइरहेको उक्त पार्टीको नगर अध्यक्ष हरेन्द्र खत्री जानकारी दिए ।


