बैंगलोरलाई सहजै हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो - Crazysaptahik.com

बैंगलोरलाई सहजै हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो

रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । मुम्बईमा शनिबार बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गरे । हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको पारी खेले ।

त्यस्तै केन विलियमसन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे ।​ बैंगलोरका हर्सल पटेलले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।

बैंगलोरका ९ ब्याट्सम्यान दोहोरो रन नजोडेर आउट भए । बैंगलोरका लागि सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन बनाए ।​ हैदरावादका लागि मार्को जान्सेन र टि नाटराजनले तीन÷तीन विकेट लिए । त्यस्तै जगदीश सूचितको नाममा २ विकेट हात पारे ।

जितसँगै हैदरावादले ७ खेलमा १० अंक जोडे दोस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ८ खेलमा १० अंक जोडेर तालिकाको चौंथो स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.