पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि - Crazysaptahik.com

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।​ पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।

अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो । घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेर शीर्ष स्थानमा रहँदै उपाधि जित्यो । पराजित लेन्स ५४ अंक जोडेर सातौं स्थानमा छ ।

सम्बन्धित खवर