इन्टर शीर्ष स्थानमा उक्लियो - Crazysaptahik.com

इन्टर शीर्ष स्थानमा उक्लियो

रोमालाई ३–१ गोल अन्तरले हराउँदै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डेन्जेल डुम्फ्रिसले ३० औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा मार्सेलो ब्रोउजभिबचले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए ।​ लाउटरो मार्टिनेजले ५२औं मिनेटमा गोल गरेपछि इन्टर ३–० ले अघि रह्यो । ८५ औं मिनेटमा रोमाका हेनरिक मिखीटेरियनले गोल गरेपनि इन्टर ३–१ ले विजयी भयो ।

जितसँगै इन्टरले ३३ खेलमा ७२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित रोमा ५८ अंक जोडेर पाँचौं स्थानमा छ ।

 

सम्बन्धित खवर