
क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनका लागि पहिलो दिन प्रमुख दलहरु बाहेकका २ दल र स्वतन्त्र गरी कूल ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा सम्मर राई र मंगोल नेशनल अर्गनाइजेसनबाट नगर प्रमुखमा पूजन राईले उम्मेदवारी दिएका छन् । नगर प्रमुखमा २, वडाध्यक्षमा १८ जना, खुला सदस्यमा ३१ जना, महिला सदस्यमा १३ जना र दलित महिला सदस्यमा ११ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले बताए ।
आज दोस्रो तथा अन्तिम दिन प्रमख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित नेकपा समाजवादी, जनता समाजवादी, संघीय लिम्बुवान लगायतका दलले उम्मेदवारी दिने बुझिएको छ ।

