क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरेले नगरपालिकाको १० वटै वडाध्यक्षहरुको टुंगो लगाएको छ ।
एमाले पथरीशनिश्चरेका अध्यक्ष रमेश दाहालका अनुसार वडा वडामा पनि उम्मेदवार टुंग्याइसकिएको छ । युवाहरुको बाहुल्यता रहेको वडामा उम्मेदवारमा वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना साम्पाङ, ३ मा घनश्याम कोइराला, ४ मा प्रेम न्यौपाने, ५ मा उमानाथ अधिकारी, ६ मा निर्मल कटुवाल, ७ मा उद्धवराज बस्नेत, ८ मा नवीनजंग कार्की, ९ मा निवर्तमान वडाध्यक्ष भानुभक्त राई र १० मा जीवन खतिवडा छन् ।
हिजो नै नेकपा एमालेले नगर प्रमुखमा साविक पथरी गाविसका पूर्व अध्यक्ष मोहन तुम्वापो र उपप्रमुखमा हसन्दह क्षेत्रकी सामाजिक अभियन्ता देवीमाया काफ्लेलाई उम्मेदवार बनाएको छ ।
दाहालका अनुसार आज दिउँसो एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्ने बताए ।