सन्तोष राई
पथरी । कसैलाई प्रवाह थिएन चर्काे घामको, अघि अघि सफारीमा माइक, पछि पछि उम्मेद्वार र हजारौंको संख्यामा एमाले कार्यकर्ताहरु । यो दृश्य थियो सोमबार पथरी बजारमा ।
जम्बो टोली रत्नचौकबाट पथरी बजार परिक्रमा गरी नगरपालिका परिसरमा पुगेर एमाले कार्यकर्ताहरुले ‘नेकपा एमाले जिन्दावाद, भोट केमा सुर्यमा, वीर सहित लालसलाम, नेपाली जनता रेलमा भ्रष्टचारी जेलमा’ लगायतको नारा लगाउँदै आफ्ना उम्मेद्वारहरुको हौसला बढाएका थिए ।
सोमबार नै नेकपा एमाले पथरीशनिश्चरेकाले प्रमुख, उप–प्रमुख तथा वडा अध्यक्ष र सदस्यहरुको उम्मेद्वारी मनोनयन गरेको छ । नगरको प्रमुखमा मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, १ नं. वडाध्यक्ष भीमकुमार राई, सदस्यहरु बसुन्धरा गुरुङ, आरती विश्वकर्मा, सुरेश कुमार कार्की, पूर्णबहादुर कार्की, २ नं. वडाध्यक्ष नैना राई, सदस्यहरु अम्बिका लिम्बु, सिता भुषाल दर्जी, खिलनाथ घिमिरे, चन्द्रकुमार राई, ३ नं. वडाध्यक्ष घनश्याम कोइराला, सदस्यहरु माया पैजो गुरुङ, मैया विश्वकर्मा, मोहनप्रसाद गौतम, शिवकुमार प्रधान मनोनयन दर्ता गराएका छ ।
यस्तैगरी ४ नं. वडाध्यक्ष प्रेमप्रसाद न्यौपाने, सदस्यहरु कल्पना श्रेष्ठ, मिनाकुमारी विश्वकर्मा, उपेन्द्र कार्की, भक्तबहादुर राई, ५ नं. वडाध्यक्ष उमानाथ अधिकारी, सदस्यहरु तुलसा कार्की, जनिता सुन्दास, दिलबहादुर मगर, विनय तिम्सिना, ६ नं. वडाध्यक्ष निर्मल कटुवाल, सदस्यहरु ज्ञानीमाया धिमाल, कमला विश्वकर्मा, गोविन्द कार्की, रोहिन मण्डल, ७ नं. वडाध्यक्ष उद्धवराज बस्नेत, सदस्यहरु सपना राई, उषा लम्जेल, नरेशबहादुर राई, मणिकुमार लिम्बु, ८ नं. वडाध्यक्ष नविनजंग कार्की, सदस्यहरु शान्ता मगर (योङहाङ), शिवकुमारी विश्वकर्मा, झमककुमार कुरुङमबाङ (लिम्बु), बाबुराम चौधरी, ९ नं. वडाध्यक्ष भानुभक्त राई, सदस्यहरु कुमारी माझी, निर्मला विश्वकर्मा गदाल, अमरबहादुर राई, मदनबहादुर अधिकारी, १० नं. वडाध्यक्ष जीवन खतिवडा, मिनाकुमारी तामाङ, मनकुमारी विश्वकर्मा, विकास तामाङ, दिलबहादुर कार्कीको उम्मेद्वारी मनोनयन दर्ता गरिएको नेकपा एमाले पथरीशनिश्चरेका अध्यक्ष रमेश दाहालले जानकारी दिनुभयो ।