
मातृका पौडेल
पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरेमा डिजिटल पेन्टले पेन्टर मिट गरेको छ । मगंलबार वडा नं. २ मा स्थापित सिन भिलेज पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा पथरी शनिश्चरे नगरका पेन्टरहरूको उपस्थिति रहेको थियो ।
पेन्टले पथरीशनिश्चरेमा हालसम्म २ वटा डिलरहरु देविगन्जमा चिनारी ट्रेड एण्ड सप्लायर्स र पथरी बजारमा रंग महल रहेको छ । मानव स्वास्थ्यलाई असर नगर्ने भएकाले ग्राहकहरूको माग अत्याधिक बढ्न थालेको चिनारी ट्रेड एण्ड एण्ड सप्लायर्सका सञ्चालक बिरेन साम्बाले जानकारी दिनुभयो ।
कार्यक्रममा डिजिटल पेन्टसका सञ्चालक डम्बरु प्रसाद गुरागाईँ, राजन सापकोटा, संचालक सिओओ मणिकुमार आचार्य सिईओ देविप्रसाद गौतमको उपस्तिथि रहेको थियो । चिनारी टे«डर्सका सञ्चालक विरेन साम्बा, रंग महलका सञ्चालक भरत तामाङको उपस्तिथि रहेको थियो ।
पेन्टले १ महिने अभियान सञ्चालन गरेको हो । हाल प्रदेश १ मा सञ्चालन गर्ने सिओओ मणिकुमार आचार्यले जानकारी दिए । दुई सातादेखि सञ्चालन भएको अभियानमा, दमक, बिर्तामोड, दुधे, उर्लाबारी, मंगलबारे, गाईघाट र पथरीशनिश्चरेमा अभियान सम्पन्न भएको छ । डिजिटल पेन्ट नेपाली उत्पादन हो । यसको उत्पादन सुनसरीको इटहरीबाट भइरहेको छ ।

