चेल्सीको जितमा पुलिसिसको निर्णायक गोल - Crazysaptahik.com

चेल्सीको जितमा पुलिसिसको निर्णायक गोल

क्रिस्टियन पुलिसिसको निर्णायक गोलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा फुटबलमा वेस्ट हममाथि १–० गोलको जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्यामलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो ।

आजको जितले चेल्सीलाई शीर्ष चारमा आफूलाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्नेछ ।खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाए । वेस्ट हम ८६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

वेस्ट हमका डोसन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिएको थियो ।जितसँगै चेल्सीले ३२ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा आफूलाई थप बलियो बनाएको छ । पराजित वेस्ट ह्याम ३४ खेलबाट ५२ अंक जोडेर सातौं स्थानमा छ ।

सम्बन्धित खवर