लिभरपुल र चेल्सी विजयी - Crazysaptahik.com

लिभरपुल र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २–० अन्तरले हरायो ।

पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए । ८५औँ मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए ।

जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औँ स्थानमा छ ।

अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १–० अन्तरले पराजित ग¥यो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औँ मिनेटमा गोल गरे । क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै चेल्सी ३२ खेलमा ६५ अंक जोडेर तेस्रो स्थानमा छ । वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ ।आइतबारको अन्य खेलमा बर्नलीले उल्भ्सलाई १–० ले हरायो । ब्राइटन र साउथह्याम्पटनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

सम्बन्धित खवर