घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती - Crazysaptahik.com

घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा हार ब्यहोरेको छ । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगमा पराजित भएको बार्सिलोना त्यसपछि ला लिगा अन्तर्गत काडिच र रायो भालेकानोसँग पराजित भएको थियो ।

रियल सोसिडाडको मैदानमा भने बार्सिलोनाले जित निकालेको थियो । यसरी पछिल्लो समय बार्सिलोनाको नतिजा हेर्दा उपाधि होडबाट लगभग बाहिरिएको छ भने च्याम्पियन्स लिग छनोटको सम्भावना पनि कमजोर बनेको छ ।

बार्सिलोना अहिले लिगमा ३३ खेल खेलेर ६३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियललाई उपाधि जित्न सहज बनेको छ । यता सेभियाले ६३ अंक जोडेको छ । त्यस्तै एट्लेटिको मड्रिडले ६१ अंक जोड्दा पाँचौं स्थानको रियल बेटिसको ५७ अंक छ ।

रियलले घरेलु मैदानमा अब तीन खेल खेल्न बाँकी छ । घरेलुमैदानमा पराजित भएमा बार्सिलोनाको च्याम्पियन्स लिग प्रवेशको सम्भावना कमजोर हुनेछ । यद्यपी रियल बेटिस र गेटाफेबीरुद्धको खेल भने बार्सिलोनाका लागि महत्वपूूर्ण हुनेछ ।

सम्बन्धित खवर