एशियन गेम्सका लागि बक्सिङ खेलाडी छनौट शुरु - Crazysaptahik.com

एशियन गेम्सका लागि बक्सिङ खेलाडी छनौट शुरु

नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनौट खेल शुरु गरेको छ ।

आज भएको प्रारम्भिक छनौट खेलमा फ्लाई वैट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन् । त्यसैगरी सोहि तौल समूहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन् ।

फ्लाइ वैट तौल समूहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बाग्मती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन् भने सोही तौल समूहमा बाग्मती प्रदेशका सुस्मा तामाङले बाग्मती प्रदेश ए कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन् ।

त्यसैगरी महिला वैन्टम वैट तौल समूहमा बाग्मती प्रदेशका हेमा राईले बागमती प्रदेश ‘ए’ कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन् । पुरुषका खेलहरूमा ५२ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापालाई क्रमश : ३:२ र ५ :० अंकको आधारमा जित हात पारे ।

त्यसैगरी ५७ केजी तौल समूहमा नेपाल आर्मी बी का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ‘ए’ का खेलाडी इन्द्रबहादुर सुनारले वाक ओभरका आधारमा जिते भने ६३ केजी तौल समूहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आलेमगरले ५ः० अंकको आधारमा र सोही तौल समूहमा बागमती प्रदेश ‘ए’ का सुलभ मालीलाई बागमती प्रदेशका निशान दासले ४ः १ अंकको आधारमा जित हासिल गरे ।

त्यसैगरी ७५ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ललितपुरका खेलाडी साजन थिंङ तामाङले ३ः २ अंकको आधारमा र लुम्बिनी प्रदेशका खेलाडी विकास रानामगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५ः ० अंकको आधारमा जित हात पारे ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.