तिव्रताका साथ शिवसताक्षीमा एमालेको घरदैलो कार्यक्रम - Crazysaptahik.com

तिव्रताका साथ शिवसताक्षीमा एमालेको घरदैलो कार्यक्रम

क्रेजी संवाददाता
शिवसताक्षी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षीले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।

बुधबारबाट शुभारम्भ गरिएको घरदैलो कार्यक्रममा प्रमुख पदका उम्मेद्वार मेगाहाङ थोप्रा (रोशन) र उपप्रमुख पदका उम्मेद्वार नरमाया कार्की सहितको टोलीले वडा नं. १ बाट घरदैलो कार्यक्रम सुरुवात गरेको थियो ।

वडा अध्यक्षका उम्मेद्वार लक्ष्मीप्रसाद चेम्जोङ, सदस्य नारायणप्रसाद रिजाल, पूर्णजंङ चेम्जोङ, दलित महिला सदस्य उम्मेद्वार निर्मला पौडेल बराइली, महिला सदस्यकी उम्मेद्वार उमा माझी सहितको टोलीले विभिन्न स्थानमा घरदैलो तथा कोणसभा गरेको थियो ।

यस्तै विहिबार शिवसताक्षी वडा नं. २ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्रमुख, उप–प्रमुख र वडाका अध्यक्षका उम्मेद्वार प्रदिप चिमोरिया, सदस्यका उम्मेद्वारहरुको टोली घरदैलो अभियानमा दिनभर सक्रिय भएका थिए । यसैगरी शिवसताक्षी नगरपालिकाका ११ वटै वडामा घरदैलो कार्यक्रमलाई तिव्रता दिइएको एमालेले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.