एन्फाले खेलाडीहरुलाई भन्यो – चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस् - Crazysaptahik.com

एन्फाले खेलाडीहरुलाई भन्यो – चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावसम्म मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हटाउन नसक्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीहरूसँग कुराकानी गर्दै चुनावसम्म आफूले अल्मुताइरीलाई हटाउन नसक्ने बताएको रोहित चन्दले बताए ।

‘एन्फा अध्यक्षसँग हामीले कुरा गरेका थियौं । उहाँले चुनावसम्म अल्मुताइरीको विषयमा केही गर्न नसक्ने बताउनुभयो । त्यति बेलासम्म हाम्रो के हुन्छ भन्ने हो,’ चन्दले भने । चन्दले आफूहरुले यो विषयमा निष्पक्ष छानविन गर्न पनि एन्फासँग आग्रह गरेको बताए ।

उनले छानविन नभएमा आफूहरु के गर्ने भन्ने विषयमा अझै सोच्न बाँकी रहेको बताए । यसअघि खेलाडीहरूले आफूहरुलाई अल्मुताइरीको प्रशिक्षकत्वमा खेल्न कम्फर्ट नभएको भन्दै अध्यक्ष शेर्पासँग गुनासो पोखेका थिए । ​

सम्बन्धित खवर