नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण - Crazysaptahik.com

नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् ।

होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताइसकेका छन् । छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

सम्बन्धित खवर