क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल - Crazysaptahik.com

क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे क्यामरुनी क्लबको सामना गर्न लागेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेका छन् । त्यसपछि अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई क्याम्पमा बोलाएका हुन् ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

सम्बन्धित खवर