क्रेजी संवाददाता
शिवसताक्षी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षीले घरदैलो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइरहेको छ ।
वैशाख १४ गतेबाट सुरु गरिएको घरदैलो कार्यक्रम अझ उल्लासमय बन्दै गइरहेको छ । नगरका एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मेगाहाङ थोप्रा (रोशन), उपप्रमुख पदका उम्मेद्वार नरमाया कार्की, वडा अध्यक्षका उम्मेद्वार र सदस्यहरुको उल्लासमय सहभागिता रहेको छ ।
शुक्रबार शिवसताक्षी वडा नं. ३ मा प्रमुख र उपप्रमुख सहित वडाध्यक्षका उम्मेद्वार नकलमान सेर्मा, सदस्यहरु बमबहादुर कार्की, लासाङ तामाङ, तिर्थ दर्जी र मुना तामाङको टोली सहित व्यापक रुपमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी आज वडा नं. ४ का वडाध्यक्षका उम्मेद्वार विष्णु प्रसाई, सदस्यहरु र प्रमुख, उप प्रमुखको सहभागितामा जम्बो टिमले घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैगरी शिवसताक्षी नगरपालिकाका ११ वटै वडामा घरदैलो कार्यक्रमलाई तिव्रता दिइएको छ ।