पथरीशनिश्चरे ६ मा एमालेको घरदैलो कार्यक्रम - Crazysaptahik.com

पथरीशनिश्चरे ६ मा एमालेको घरदैलो कार्यक्रम

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरेले आज वडा नं. ६ मा वृहत् घरदैलो कार्यक्रम गरेको छ ।

नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले सहितको घरदैलो कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्षका उम्मेद्वार निर्मल कटुवाल, महिला सदस्य ज्ञानीमाया धिमाल, दलित महिला सदस्य कमला विश्वकर्मा, सदस्यद्य गोविन्द कार्की र रोहिन मण्डल सहितको टोली सामेल भएका थिए ।

एमालेका उम्मेद्वारलाई विजयी गराउन आह्वान गर्दै पथरीशनिश्चरेकी नगर उप–प्रमुख यमुना बिष्ट बास्तोला लगायतका एमालेका नेता कार्यकर्ताहरुको ठूलो माहोलले साथमा साथ दिँदै नाचगान गर्दै भोट मागेका थिए ।

पथरीशनिश्चरेमा एमालेको घरदैलो कार्यक्रम १० वटै वडामा भइरहेको नगर अध्यक्ष रमेश दाहालले जानकारी दिए ।

सम्बन्धित खवर