आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा - Crazysaptahik.com

आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा

यस खेलमा दुई मित्र विपक्षी टोलीका कप्तानका रूपमा भिड्नेछन् । गुजराजको नेतृत्व हार्दिक पान्ड्याले गर्नेछन् भने फेरि एकपटक चेन्नईको कमान्ड महेन्द्रसिंह धोनीको हातमा हुनेछ । गत सिजन चेन्नई नवौँ स्थानमा सीमित भएको थियो ।

यो सिजन धोनीको टोली पुनरागमन गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ । चेन्नई चारपटकको आईपीएल विजेता रहिसकेको छ । गत सिजन गुजरातले दुवै खेलमा चेन्नईलाई हराएको थियो । पहिलो खेल ३ विकेटले जितेको गुजरातले दोस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको थियो ।

दुई टोलीबीचको खेल शुक्रबार नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्डेडियममा खेलाइनेछ । ५९ दिन चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेलहरू हुनेछन् ।

हर टोलीले १४ खेल खेल्नेछन्, ७ आफ्नो घरेलु मैदानमा र ७ वटा विपक्षी टिमको मैदानमा छ ।१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् । लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् ।

सम्बन्धित खवर