पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित - Crazysaptahik.com

पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित

आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो ।

पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएपछि वर्षाले खेल रोकिनुपरेको थियो ।

वेस्ट इन्डिजका ब्याट्सम्यान आन्द्रे रसेलले विस्फोटक पारी खेले । उनले १९ बलमा ३५ रन बनाए । रसेलको इनिङ्समा ३ चौका र २ छक्का सामेल थिए । फास्ट बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गरे ।

उनले आफ्नो पहिलो ओभरमा मनदीप सिंह (२ रन) र अनुकुल रोय (४ रन) लाई आउट गरे। त्यसपछि अर्धशतकतर्फ लागेका भेङ्कटेश अय्यर (३४ रन)लाई प्याभिलियन फर्काए । मोहाली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

श्रीलंकाका ब्याट्सम्यान भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए भने कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । यी दुईबीच ५५ बलमा ८६ रनको साझेदारी थियो ।

यसअघि ओपनर प्रभसिमरन सिंहले २३ रन बनाएर टिमलाई राम्रो सुरुवात गराए । टिम साउथीले दुई विकेट लिए भने उमेश यादव, सुनिल नरेल र वरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

सम्बन्धित खवर