लिभरपुलविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन - Crazysaptahik.com

लिभरपुलविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन

एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । जीतसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ ।

यो सिजन ४२ गोल गरिसकेका स्टार स्ट्राइकर अर्लिङ हालान्डबिना मैदानमा उत्रेको सिटी खेलको १७ औँ मिनेटमा मोहमद शालाहको गोलमा पछि परेको थियो । सिटीविरुद्ध १८ खेलमा उनको यो ११ औँ गोल थियो ।

तर, जुलियन अल्भारेजले खेलको २७ औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा नै केभिन डि ब्रुयनाले सिटीलाई अग्रता दिलाए । लगत्तै इल्के गुन्डोगानले सिटीको अग्रता फराकिलो बनाए ।

खेलको ७४ औँ मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । २८ खेलबाट सिटीको ६४ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलको ६९ अङ्क छ । लिभरपुल भने ४२ अङ्कसहित छैटौँ स्थानमा सीमित रहेको छ ।

सम्बन्धित खवर