एस्टन भिल्लासँग पराजित चेल्सी एक स्थान तल झर्यो - Crazysaptahik.com

एस्टन भिल्लासँग पराजित चेल्सी एक स्थान तल झर्यो

चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो ।

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए ।

सो पराजयसँगै चेल्सी एक स्थान तल झरेको छ ।जसअनुसार २८ खेलबाट ३८ अंकसहित चेल्सी ११औं स्थानमा झरेको छ भने चेल्सीलाई पराजित गरेपछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।

सम्बन्धित खवर