आईपीएल : कोलाकाता भर्सेस पञ्जाबको खेलबाट बदलियो भाग्य, ड्राइभर बने करोडपति - Crazysaptahik.com

आईपीएल : कोलाकाता भर्सेस पञ्जाबको खेलबाट बदलियो भाग्य, ड्राइभर बने करोडपति

भारतमा एउटा उखान छ – ‘देने वाला जब भी देता, देता छप्पड फाड के’ । यो उखान मध्य प्रदेशको बडवानी जिल्लामा बस्ने एक युवकका लागि सत्य साबित भएको छ । पेसाले ड्राइभर र भाडाको घरमा बस्ने युवकको अनलाइन गेमिङले भाग्य रातारात कसरी चम्कियो भने उनी करोडपति बनेका छन् ।

सेंधवाको घोडेशाहका बासिन्दा शाहबुद्दीन मन्सुरी करिब दुई वर्षअघिदेखि अनलाइन गेमिङमा आफ्नो भाग्य जाँचिरहेका थिए । आइतबार आईपीएलको कोलकाता र पञ्जाबबीचको खेलमा शहाबुद्दीनले ४९ रुपैयाँको प्रवेश शुल्क भएको क्याटागोरीमा टीम बनाएर पहिलो स्थान हासिल गरे ।

यसबापत उनले डेढ करोड भारतीय रुपैयाँ बराबरको पुरस्कार राशि हात पारे । एकैपटक यत्रो पैसा जितेपछि अहिले उनको परिवारमा खुसीको सीमा नै छैन । शहाबुद्दीनले डेढ करोड रुपैयाँमध्ये २० लाख रुपैयाँ निकालेका छन् ।

यसमध्ये ६ लाख रुपैयाँ करका रूपमा काटिनेछ र उनले १४ लाख रुपैयाँ खातामा आउनेछ । यो रकमले उनी घर बनाउन चाहन्छन् भने बाँकी रकमले केही व्यवसाय गर्न ।

सम्बन्धित खवर