सागरद्वारा उपाधिमा दावेदारी प्रस्तुत - Crazysaptahik.com

सागरद्वारा उपाधिमा दावेदारी प्रस्तुत

क्रेजी संवाददाता
पथरी । स्थानीय खेलाडी लोकसागर साम्बा दोस्रो दिनको पाँचौ चरणको खेल सकिंदासम्म ४ जित र एक बराबरीको नतिजा निकाल्दै उपाधिमा दावेदारी प्रस्तुत गरेका छन् ।

साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजित गरेका थिए ।

दोस्रो दिनको अन्तिम खेल पाँचौ चरणमा भने साम्बाले १७०७ रेटेड कमल मैनालीलाई पराजीत गरेका थिए । साम्बाले भोलि विहान छैटौँ चरणमा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग प्रतिस्पर्धा गर्नेछन् ।

पाँचौ चरणको खेल सकिदासम्म पूर्व नेपाल च्याम्पियनद्वय बद्रीलाल नेपाली, नवीन तण्डुकार र प्रकाश चन्द्र नेपाल, सतप्रतिशत जीत दर्ता गर्दै शीर्ष तीनमा रहेका छन् ।

स्थानीय खेलाडीहरू श्याम लिम्बु (४ अंक), उद्धवराज थापा, जीवन राई, निलम बस्नेत (३.५अंक) लिएर खेलिरहेका छन् ।

सम्बन्धित खवर