पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम - Crazysaptahik.com

पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम


पथरीशनिश्चरे, चैत २८
पथरीशनिश्चरेमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगरकै आयोजनामा बैठक तथा अभिमुखीकरण कार्यक्रम भएको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश संयोजक संजिव लामा घिसिङले सहजीकरण गर्नुभएको थियो ।

यस्तै सो कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्वर वस्ती, शिक्षा शाखा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, वडाध्यक्षहरु उद्धवराज बस्नेत, लोकनाथ न्यौपाने, वीरबहादुर राई, जीवन खतिवडा, कृष्ण बस्नेत, चेतेन्द्र खड्का, उद्योग वाणिज्य संघ पथरीका कार्यवहाक अध्यक्ष यावदचन्द्र दुलाल, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रम पश्चात् नगर प्रमुख तुम्वापोको अध्यक्षतामा २९ सदस्यीय पथरीशनिश्चरे नगरपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गरिएको छ ।

सम्बन्धित खवर