एसिसी प्रिमियर कप आजबाट, उद्घाटन खेलमा नेपाल मलेसियासँग भिड्दै - Crazysaptahik.com

एसिसी प्रिमियर कप आजबाट, उद्घाटन खेलमा नेपाल मलेसियासँग भिड्दै

आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसियाबीच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।

सो खेलको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्, भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ ।

मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ । यो प्रतियोगिता बैशाख ५ देखि बैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुन लागेको हो । सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

सम्बन्धित खवर