लगातार तेस्रो खेलमा बार्सा गोलविहीन - Crazysaptahik.com

लगातार तेस्रो खेलमा बार्सा गोलविहीन

लगातार तेस्रो खेलमा गोल गर्न नसकेको बार्सिलोना ला लिगामा गेटाफेसँग बराबरीमा रोकिएको छ । यसअघि बार्सा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको थियो भने रियल मड्रिडसँग ४–० गोलले पराजित भएको थियो ।

आइतबार भएको खेलको पहिलो हाफमा रोफिना र अलेहान्द्रो बाल्डेको प्रहार पोस्टमा लाग्दा बार्सा गोल गर्नबाट चुकेको थियो ।

बराबरीका बाबजुद ९ खेल बाँकी छँदा बार्सिलोनाले लिगको शीर्ष स्थानमा चिर प्रतिद्वन्द्वी रियलभन्दा ११ अङ्कको अग्रता कायम राखेको छ । खेलमा सर्जी रोबर्टो घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।

सम्बन्धित खवर